बिएल संवाददाता
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ।
नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ।दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ।
नेप्सेका १३ वटै उपसूचक आज हरियो भएका छन्, यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ। सबै समूहको सेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले उकालो लागेको छ।
आज दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता सेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भयो।
यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य झण्डै साढे आठ प्रतिशतले बढेको छ। एनआईसी एसिया क्याप फण्डको सेयर भने १० प्रतिशतले घटेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया