माछापोखरीको अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।

महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको पाण्डेले बताए।

प्रकाशित मिति: : 2022-09-12 14:41:00

प्रतिकृया दिनुहोस्