राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय र दुई देशका लागि आवासीय नेपाली राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन्।

त्यसैगरी  राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्।  

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2022-09-08 20:28:00

प्रतिकृया दिनुहोस्