सुनिल कार्की
नेकपा एमाले पाल्पाले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ठाकुर गैरेलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उमेदवारका रूपमा गैरेलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटी अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए। उनका अनुसार यो निर्णय अब जिल्ला कमिटीको बैठकमा पेश हुनेछ ।
को हुन् गैरै
विद्यार्थी संगठन अनेरास्वीयूबाट पाटीको राजनितिमा होमिएका गैरै अनेरास्वीयूका पूर्व अध्यक्ष समेत हुन्।
पाल्पाको साविक बराङदी गाविस अहिले बगनासकालि गाउँपालिका ८ बराङदीमा घर भएका गैरैले विद्यार्थी राजनीति पाल्पाबाटै सुरु गरेका थिए।
हाल पार्टी रीजनितिमा उनी नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा एमालेबाट सोमप्रसाद पाण्डेले जितेका थिए। पाण्डे अहिले नेकपा एकीकृत समाजवादीमा छन्।
उनी समाजवादीबाट नै क्षेत्र नं २ मा सिफारिस भैसकेका छन्। अब पाल्पामा गैरै र पाण्डेबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया