भू् तथा जलाधार जुम्लाका तत्कालीन कार्यालय प्रमुख श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टचारको मुद्दा

File Photo
File Photo

भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टचार सम्बन्धी मुद्धा दर्ता गरिएको छ। 

कार्यालय प्रमुख श्रेष्ठ, सव-इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

मुगु जिल्ला सोरु गाउँपालिका–४ स्थित दैरीखोला रावलवाडा तटबन्धन निर्माण योजनामा आर्थिक अनियमितता भएको ठहराउदैँ अख्यितारले विशेष अदालतमा मुद्धा दायर गरेका छ।

कार्यालय प्रमुख श्रेष्ठ, सव–इन्जिनियर दानबहादुर बुढ्थापा, उपभोक्ता समितिका अध्यक्ष सोरु गाउँपालिका–४ निवासी हस्तबिर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल र सोही वडाका वडाध्यक्ष डबले शाहीविरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको हो।

तटन्धन निर्माण समितिका अध्यक्ष समेतले तटबन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै विषेश अदालतमा मुद्दा दायर गरेको हो। 

कार्यालय प्रमुख श्रेष्ठ र सव–इन्जिनियर दानबहादुर बुढ्थापाले तटबन्धन निर्माण गर्दा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षसँग मिलेर नक्कली बिल भरपाई बनाएर १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्यियारले जनाएको छ।

उपभोक्ता समितिका अध्यक्ष हस्तबिर दमाई, सचिव लोकजङ्ग दमाई र कोषध्यक्ष भिमलाल दमाई प्रहरी चौकी सोरुमा गएर जाली बगाएको नक्कली मुचुक्का बनाएको आधारमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

त्यस्तै, तत्कालीन वडाध्यक्ष डबले शाहीले प्रहरी चौकीले नक्कली मुलुक्का बनाउँदा साची बसेकोले उक्त मुद्धा वडाध्यक्षसमेत मुछिएका छन्।

प्रकाशित मिति: : 2022-09-02 15:15:00

प्रतिकृया दिनुहोस्