एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

File Photo
File Photo

नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ।

केन्द्रिय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने बैठक ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा केन्द्रित हुनेछ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य सो बैठकमा सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2022-08-28 09:24:00

प्रतिकृया दिनुहोस्