निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राप्रपा नेपाल अदालत जाने

File photo
File photo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध अदालत जाने बताएका छन्। 

निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको  उनले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत जानकारी दिएका हुन्। 

‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो। राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ। आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ उनले लेखेका छन्। 

प्रकाशित मिति: : 2022-08-26 11:16:00

प्रतिकृया दिनुहोस्