बिएल संवाददाता
भारत प्रशासित कश्मीरको दक्षिणी क्षेत्रस्थित गोपालपुराको सरकारी विद्यालय जाने बाटोको एउटा गाउँमा त्यस क्षेत्रकै सबैभन्दा मन पराइएकी विद्यालय शिक्षिकालाई हतारमा श्रद्धाञ्जली दिइयो।
गत मे ३१ तारिख बिहान ४१ वर्षीया रजनी बालाको हत्या भएको थियो। पटाका पड्किएको जस्तो आवाज सुन्दा विद्यालय बाहिर विद्यार्थी र कर्मचारीहरू प्रार्थनाका लागि भेला भएका थिए। तर दैनिक जीवनमा हिंसाको सामना भइरहने उक्त क्षेत्रमा केही नराम्रो कुरा भयो भन्ने उनीहरूले तत्कालै थाहा पाइहाले।
प्रहरीका अनुसार रजनी बालालाई टाउकोमा गोली हानिएको थियो। उनी हिन्दू भएकाले नै निसानामा परिन् भन्ने व्यापक रूपमा ठानिएको बीबीसीले जनाएकाे छ।
भारतको एक मात्र मुस्लिमबहुल क्षेत्र कश्मीरमा हिन्दूहरू अल्पसङ्ख्यक रूपमा रहेका छन्।
गत वर्षदेखि त्यस क्षेत्रमा लगातार हिन्दूहरूको हत्या भइरहेको छ र त्यस्तो पछिल्लो हत्या गत साता भएको थियो। गत साता दक्षिणी कश्मीरस्थित शोपियानमा सुनिलकुमार भटलाई स्याउ बगैँचामा नै गोली हानेर हत्या गरिएको थियो। रजनीको परिवारले बताए अनुसार उनीहरू रजनीमाथि आक्रमण हुनुअघि नै कश्मीर छाडेर अन्यत्र जान चाहन्थे।
"डेढ महिना अघि एक जना हिन्दू ड्राइभरको स्कूलबाट दुई किलोमिटर पर हत्या भएको थियो। कश्मीरका विभिन्न भागमा हिन्दूमाथि अरु आक्रमण पनि भएका थिए। त्यसबेलादेखि हामी डराएका थियौँ र हामीले रजनीको स्थानान्तरणका लागि दुई पटक आवेदन पनि दिएका थियौँ,' उनका श्रीमान् राजकुमार अत्रीले भने।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया