नागरिक दैनिक
कालीकोटकी १५ वर्षीया नाबालिकालाई धर्मपुत्री बनाएर स्वीट्जरल्याण्ड लैजान खोज्ने तीन जना बेलायती नागरिकविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अध्यागमन कार्यालयका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता भएको पुष्टि गरे।
पक्राउ परेका म्याथ्यु विलियम हर्ले, लुइजा जेन हर्लेसहित तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यलयबाट दुई दिनको म्याद थप गरिएको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार म्याथ्यु विलियम हर्ले पछिल्लो ८ वर्षमा ४० पटक नेपाल आएका छन्। सन् २०१४ देखि हालसम्म उनी ४० पटक नेपाल आएको र कुनै बेला दुई दिनमै पनि फर्किएको रेकर्ड देखिएको प्रहरी स्रोतले अन्नपूर्णलाई बतायो।
'८ वर्षमै यति धेरैपटक किन नेपाल आयो होला भन्ने रेकर्डले हामी अचम्मित छौं। त्यसमाथि धर्मपुत्री बनाएर लैजाँदै गर्दा पक्राउ परेका छन्। हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया