अनि नेपाल बन्नेछ टाइगरल्यान्ड

नयाँ पत्रिका दैनिक

बाबुकृष्ण कार्की

सन् २०१० मा बाघको संख्या दोब्बर बनाउने संकल्प महत्वाकांक्षी थियो । त्यसवेला संकल्प मात्र गरिएन, बाघ बढाउने आधार क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज रहनेसमेत घोषणा गरियो । घोषणालगत्तै नेपाली सेना तैनाथ गरियो ।

अन्ततः बाघको संख्या बढ्यो । यस कार्यमा समर्पित वन रेन्जर, संरक्षण साझेदार संघ–संस्था, सिबिएपियू, वन हेरालु, सबै सुरक्षा निकाय र सिआइबी, सामुदायिक वनकर्मी, सञ्चारकर्मी सबैलाई सलाम । उनीहरूले कदरयोग्य काम गरेका छन् । बाघको संख्या ३५५ पुग्यो । बाघ संरक्षण गर्दा ज्यानको आहुति दिने स्थानीयवासी र तिनका परिवारलाई पनि सम्झिनुपर्ने हुन्छ । 


नयाँ चुनौती
यतिवेला सुखद राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियामा छाएको छ । अब बाघको अंग माग बढ्नेछ । अवैध व्यापार चम्किनेछ । चोरी–सिकारीहरूले आदेश पाइसकेको हुनुपर्दछ ।

बन्दुक–बारुद, विषादी, पासोको जाल बिछ्याइनेछ । स्थानीय समुदायलाई भय र त्रास देखाएर भड्काइनेछ । संरक्षणकर्मीलाई होइन, चोरी–सिकारीलाई साथ दिन उक्साइनेछ ।

प्रकाशित मिति: : 2022-08-20 15:55:00

प्रतिकृया दिनुहोस्