आगामी हिउँदमा कस्तो संकट आउन सक्छ?

सेतोपाटी

जीवन क्षेत्री

अहिले (अगस्ट दोस्रो साता) अमेरिकामा एक (ब्रिटिस थर्मल) युनिट ग्यासको मूल्य ७ देखि ८ अमेरिकी डलर छ। युरोपमा त्यही मूल्य औसतमा ६० डलर हाराहारी अर्थात् ७–८ गुणा बढी छ।

आउँदो हिउँदमा मूल्य त्यसभन्दा पनि अकासिने अनुमान छ। ग्यासले घर नतताए ज्यानै जाने युरोपको चिसो मौसममा मूल्य अकासिएर कति पुग्ला त?

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाका एक सल्लाहकार तथा विश्लेषक जेसन बोर्डफ भन्छन्- त्यति बेला 'मार्केट फेलियर' को अवस्था आउने सक्नेछ। ग्यास लगायत वस्तु कसले कति मूल्यमा पाउने भन्ने कुरा माग र आपूर्तिले होइन, सरकारहरूले निर्धारण गर्नेछन्।

त्यो अवस्थामा युरोपका मानिसको ज्यान जोगाउन घर तताउने प्रणालीले प्राथमिकता पाउनेछ भने उद्योगहरूको ठूलो हिस्सा ठप्प हुन सक्नेछ।

आउँदो हिउँदमै किन त्यस्तो अवस्था आउनेछ त?

प्रकाशित मिति: : 2022-08-17 15:48:00

प्रतिकृया दिनुहोस्