जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दैछ।

गत १ फागुनमा महाअभियोगबाट निलम्बित भएका प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन हुने हो कि नहुने ? भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने छन्।

प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन। प्रतिनिधिसभाले सो बारेमा लामो समयपछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमुति दिएपछि पहिलो बैठक बस्न लागेको हो।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए।

प्रकाशित मिति: : 2022-08-17 10:51:00

प्रतिकृया दिनुहोस्