बुधबार, १७ डिसेम्बर २०२५

उत्तर कोरियाली नेता किम जोङ उनलाई पुटिनको पत्रः दुई पक्षीय सम्बन्ध विस्तार गरौँ

News Image
• • •

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उत्तर कोरियाको मुक्ति दिवसको अवसरमा किमलाई लेखेको पत्रमा पुटिनले घनिष्ठ सम्बन्ध दुवै देशको हितमा हुने र कोरियाली प्रायद्वीप र उत्तरपूर्वी एसियाली क्षेत्रको सुरक्षा र स्थिरतालाई सुदृढ गर्न मद्दत गर्ने उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!