दुई जना मृत अवस्थामा फेला

File photo
File photo

कैलाली र धादिङमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका–५ बस्ने ५५ वर्षीय केशब बिक बुधबार मृत अवस्थामा फेला परेका छन्।

धादिङको शिद्धलेक गाउँपालिका–४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2022-08-11 15:07:00

प्रतिकृया दिनुहोस्