कुनै चमत्कार भए मात्र यो कार्यकालमा प्रदेशको नाम सम्भव छ : मन्त्री आङ्बो

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नामाकरण अब नयाँ जनादेशबाट मात्रै हुने बताएका छन्।

संसदीय पत्रकार मञ्चका पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आङ्बोले प्रदेशको यो कार्यकालमा नामाकरण सम्भव नभएको बताए।

उनले दलहरूबीच सवांदहिनता टुटेका कारण अब नाम असम्भव भएको बताए। उनले भने, ‘अब प्रदेशको नाम आउन चमत्कार नै हुनुपर्छ, अनि मात्रै यो कार्यकालमा नाम सम्भव छ।’

अब नयाँ जनादेशबाट नै नाम आउने मन्त्री आङ्बोको भनाई छ। उनले प्रदेशको नामाकरण गर्न नयाँ जनादेश पर्खनु पर्ने बताए।

पछिल्लो समय राजनीतिक दलहरुले नामाकरण गर्न पहलमदमी थाले पनि नामाकरण हुन सकेको छैन। दलहरुको आआफ्नै अडानका कारण नामाकरण हुन नसकेको हो।

प्रकाशित मिति: : 2022-08-09 15:13:00

प्रतिकृया दिनुहोस्