बिएल संवाददाता
अमेरिकी अनुसन्धान एजेन्सी (एफबीआई)ले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा नेपाली समयअनुसार मंगलबार बिहान छापा मारेको छ।
मिडिया स्राेतकाअनुसार एफबीआईका एजेन्टहरूले ट्रम्पको घर 'मार–ए–लिगो' घेरा हालेर नियन्त्रणमा लिएका छन्। ट्रम्पसँग गाेप्य दस्तावेज हुनसक्ने जनाउँदैअमेरिकी अनुसन्धान एजेन्सीले छापा मारेको हाे।
पूर्वराष्ट्रपति ट्रम्पले 'मार–ए–लिगो'मा छापामारी भएको पुष्टी गरेका छन्। ट्रम्पले भने, 'एफबीआईले फ्लोरिडाकाे मेरो सुन्दर घर कब्जामा लिएको छ। उनीहरू मलाई सन् २०२४ को चुनाव लड्नबाट राेक्न खाेजिरहेका छन्।'
एफबीआईले छापा मार्दा पूर्वराष्ट्रपति ट्रम्प भने फ्लोरिडास्थित निवासमा थिएनन्। न्यूयोर्कको ट्रम्प टावरमा थिए। उनी नभएकाे माैका छाेपेर अधिकारीहरूले ट्रम्पको कार्यालय, घर खानतलासी गरेका हुन्।
'मैले सरकारी निकायलाई अनुसन्धानमा सहयोग गरेको छु। याेबेला मेरो घरमा अघोषित छापा मार्नुको कुनै अर्थ छैन। छापा मार्ने तरिकामा धेरै त्रुटिहरू छन्,' ट्रम्पले भने।
ट्रम्प फेरि चुनाव लड्न चाहन्छन्
पूर्वराष्ट्रपति ट्रम्पले कैयाैँ पटक आफू फेरि सन् २०२४ मा राष्ट्रपतिको चुनाव लड्न चाहेको स्पष्ट पारिसकेका छन्।
त्यसाे त रिपब्लिकन पार्टीभित्र उनलाई चुनौती दिन सक्ने अर्काे नेता देखिएकाे छैन। तर, गत वर्षको हिंसामा उनीमाथि अनेकाैँ गम्भीर आरोप छन्। ट्रम्पले महाभियोग पनि भोगेका छन्।
स्राेतकाअनुसार रिपब्लिकनको ठूलो संख्याले ट्रम्पलाई समर्थन नगर्ने बताइएकाे छ।
अपडेट –
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया