भारतमा उपराष्ट्रपति निर्वाचन सुरु

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
File photo

भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान  सुरु भएको छ। सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ। 

नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ।  सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्। बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्। 
 

प्रकाशित मिति: : 2022-08-06 13:54:00

प्रतिकृया दिनुहोस्