बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का सुप्रिमाे तथा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल 'प्रचण्ड' जापान आइपुगेका छन्।
पाँच दिने जापान भ्रमणका लागि उनी एकाबिहालै नारिता अन्तर्राष्ट्रिय विमानस्थल टोकियोमा ओर्लिएका हुन्।
पूर्वप्रधानमन्त्री प्रचण्ड नेतृत्वकाे टाेलीलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी 'दुबसु'ले स्वागत गरेका छन्। विवादित छबीका राजदूत दुबसु प्रचण्डसँग खुसी साट्ने हताराेमा मास्कबिनै विमानस्थलमा पुगे।
प्रचण्डसँगै टोलीमा प्रमुख स्वकीय सचिव तथा कान्छी छाेरी दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि जापान आएका हुन्।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ। उनले आज जापानको फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन्।
भोलि हिरोसिमाको भ्रमण गर्ने बताइएकाे छ। उनी प्रचण्ड साउन २५ गते स्वदेश फर्किने छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया