नेकपा (एमाले)का डा.भीम रावलले गठबन्धन सरकार काठमाडाैँकाे फाेहाेरकाे डङ्गुर जस्तै बनेकाे आराेप लगाएका छन्। नेता रावलले शुक्रबार काठमाडाैँकाे भृकुटीमण्डपस्थित रिपाेर्टस् क्लबमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै यस्ताे बताएका हुन्।
‘स्थानीय तह निर्वाचनमा भएकाे तालमेल निर्दीलीय गठबन्धन हाे, जुन नेपालकाे संविधानविपरीत छ। गठबन्धन पद र सत्ताकाे लागि गरिएकाे जस्ताे देखियाे,’ नेता रावलले भने, ‘राजनीति काठमाडाैँकाे फाेहाेरकाे डङ्गुर जस्तै भएकाे छ। सरकार पनि काठमाडाैँकाे फाेहाेरकाे डङ्गुर जुस्तै बन्याे।’
उनले निर्वाचनमा समान विचार भएका पार्टीहरू मिलेर जान चाहेकाे बताए।