प्रहरीमा पुरस्कार र कारबाहीमा दर्जाअनुसार विभेद : पुरस्कार थाप्ने हाकिम, कारबाही भोग्ने तल्लो तहका धेरै

कार्यसम्पादनका आधारमा दण्ड र पुरस्कार हुनुपर्ने सामान्य मान्यताविपरीत नेपाल प्रहरीमा विभूषण हाकिमलाई र कारबाही भोग्ने तल्लो तहका धेरै छन् । प्रहरी प्रधान कार्यालयकै तथ्यांकले प्रहरीमा पुरस्कार र कारबाहीमा उपल्लो दर्जा र तल्लो दर्जामा ठूलो विभेद रहेको देखाएको छ । 

गत १ वैशाखमा सरकारले नेपाल प्रहरीका एक सय २४ कर्मचारीलाई विभूषण प्रदान गर्‍यो । विभूषण पाउनेमध्ये ७६ जना वरिष्ठ प्रहरी अधिकृत (प्रहरी निरीक्षक वा त्यसभन्दा माथिल्लो) तहका छन् । जब कि करिब ९७ प्रतिशत जनशक्ति रहेको अधिकृतभन्दा तल्लो तहका ४८ जनाले मात्रै विभूषण पाए ।

विभूषण मात्र होइन, कारबाही र पुरस्कारमा पनि त्यस्तै अवस्था छ । प्रहरीमा माथिल्लो तहका प्रहरीले धेरै पुरस्कार पाउँदा कारबाही भोग्नेमा भने तुलनात्मक रूपमा तल्लो तहका प्रहरी धेरै छन् ।

प्रकाशित मिति: : 2022-08-05 09:31:00

प्रतिकृया दिनुहोस्