मन्त्रीसँग डराएर कार्यालय नगएका अर्थ सचिवलाई प्रधानमन्त्री कार्यालयमा पठाइयाे

सरकारले अर्थसचिव मधुकुमार मरासिनीकाे प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो।

जनार्दन शर्मा अर्थमन्त्री भएर गएपछि मारसिनी मन्त्रालयमा जान मानेका थिएनन्। मरासिनीकै आग्रह उनको सरुवा गरिएकाे स्राेत बताएकाे छ।

अर्थ सचिवको जिम्मेवारी भने कृष्णहरि पुष्करलाई दिएको छ। अर्को सचिव नआइन्जेलसम्मका लागि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएकाे मन्त्रालयले जानकारी दिएकाे छ।

प्रकाशित मिति: : 2022-08-04 17:01:00

प्रतिकृया दिनुहोस्