बिएल संवाददाता
गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन्।
गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोलामाथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताएका छन्। ‘पुल खोलामा आएको बाढीले बगाएपछि दुई गाउँबीच सम्पर्क नै विच्छेद भएको थियो। उनले भने,‘गाउँपालिकाले आवश्यक समन्वय गरेपछि जनप्रतिनिधि तथा स्थानीयवासीले आवश्यक सामग्री जुटाएर पुनः मर्मत गरेर सञ्चालनमा ल्याएका हुन्।’
दैनिक मेला पर्मका लागि ओहोरदोहोर गर्नुपर्ने छुले र निलेगाउँका बासिन्दा पुलको अभावमा वारी पुगेका वारी र पारी पुगेका पारी नै रोकिएका थिए। स्थानीवासीले झण्डै तीन दिनपछि आवाज जावत गर्नसक्ने गरी पुल सञ्चालनमा ल्याएको उपाध्यक्ष गुरुङले जानकारी दिए।
सडक सञ्जालको पहुँच नपुगेको उक्त गाउँपालिकामा अधिकांश खोलामा काठेपुल निर्माण गरेर आवातजावत गर्नुपर्ने बाध्यता छ। बर्खा लागेसँगै खोलाले काठे पुल बगाउने गरेकाले हरेक वर्ष यहाँका नागरिकले आउजाउमा हैरानी खेप्दै आउनु परेको थियो। ती दुई गाउँमा करिब ६० घर परिवार बसोबास गर्दै आएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया