मन्त्रीपरिषद बैठक बस्दै, निर्वाचनकाे मिति घाेषणा गरिने

संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने मन्त्री परिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए।

त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन।

प्रकाशित मिति: : 2022-08-04 09:00:00

प्रतिकृया दिनुहोस्