इरान र अफगान सीमामा झडप, १ जनाको मृत्यु

Photo: Agency
Photo: Agency

अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भिडन्त भएको छ।

अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको  लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ। उक्त झडपका लागि एक देशले अर्को देशलाई दोष दिएको छ।

१ वर्षअघि तालिबानले सत्तापलट गरेपछि इरानसँगको सीमा क्षेत्रमा बारम्बार झडप हुने गरेको छ। पछिल्लो झडपको वास्तविक अवस्था स्पष्ट छैन। निमरोजका प्रहरी प्रवक्ता बहराम हकमलले भने,‘हाम्रोतर्फ एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन्।’

इरानतर्फ कुनै मानवीय क्षति नभएको प्राप्त विवरणमा जनाइएको छ।

– एजेन्सी

प्रकाशित मिति: : 2022-08-01 06:40:00

प्रतिकृया दिनुहोस्