बिएल संवाददाता
तनहुँको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ।
६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो।
यसअगाडि क्षमताभन्दा कम विद्युत् उत्पादन भएकामा केही दिनदेखि वर्षा भएको र हिमाल पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको मस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए।
उनका अनुसार तीन युनिटबाट २३/२३ गरी ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
'यो केन्द्रमा धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ', उनले भने।
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो। गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार सुक्खा याममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनामा पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा आयोजनाबाट ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ।
यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया