बिएल संवाददाता
अमेरिकामा जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको छ। पश्चिमी क्षेत्र उखरमाउलो गर्मीको चपेटाले थलिएपनि दक्षिण–पूर्वीक्षेत्र भारी वर्षाले डुबानमा परेको छ।
केन्टकीमा भारी वर्षापछिको भीषण बाढीले कम्तीमा २५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। नट काउन्टी अर्थात् केन्टकी राज्यको एउटा जिल्लामा एकैपरिवारका चारजना बालबालिकाको मृत्यु भएको छ।
बालबालिकाहरूको शव तीन दिनपछि शनिबार फेला परेको हो। बालबालिकाका अभिभावक एम्बर स्मिथ र रिले नोबलले घरछेउको अग्लो रूखमा चढेर आफ्नो ज्यान बचाएको बताएका छन्। उनीहरू दुवैजना झण्डै ८ घण्टा रुखमा चढेको स्थानीयवासीले जनाएका छन्।
केन्टकी राज्यका गभर्नर एन्डी बेशियरले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। स्थानीय प्रशासन तत्काल उद्धार कार्यमा जुटेको उनको भनाइ छ।
बाढीका कारण विद्युत आपूर्ति बन्द भएपछि २५ हजारभन्दा बढी घरमा बिजुली छैन। गम्भीर अवस्थालाई मध्यनजर गरेर केन्टकी राज्यमा आपतकाल लागू गरिएको छ।
वर्षादपछि नदीको पानीको सतह ह्वात्तै बढेको छ। नेशनल गार्डको टोलीले स्थानीय प्रशासनलाई जताततै सहयोग गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा ५० वटा हेलिकप्टर र ६ सयभन्दा बढी ढुंगा परिचालन गरिएको छ।
प्रायः मानिसहरू घरको छतमा उभिएर ज्यान जोगाइरहेका छन्। केन्टकी, वेस्ट भर्जिनियालगायत अन्य भागमा आउँदो केही दिन भारी वर्षा हुनसक्ने राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया