संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ। 

समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद भवनस्थित कार्यकक्ष पुगेर सभामुखलाई प्रतिवेदन बुझाएका हुन्। 

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो।

समितिलाई सुरुमा १० दिनको समयावधिदिइएको थियो। समय अपूग भएको भनि ५ साउनमा सात दिन समय थप भएको थियो। प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ।

१७ दिनको कार्यावधिमा २३ वटा बैठक बसी ७५ घण्टा समय व्यतित् गरेको भन्दै कर्णले सीसीटीभीको फुटेज र फुटेजमाथि फरेन्सिक विज्ञहरुलाई बोलाएर छलफल गरेर  प्रतिवेदन तयार गरेको जानकारी दिए। 

प्रतिनिधिसभाको अर्काे बैठक १७ साउन मंगलबार दिउँसो १ बजे बस्नेछ। 
 

प्रकाशित मिति: : 2022-07-29 15:32:00

प्रतिकृया दिनुहोस्