परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले साउन ९ गते नै अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र पठाइसकेकाे बताए।
‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु’ उनले भने, ‘आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो।’