निर्दाेष ठहरिए जनार्दन शर्मा पुन: मन्त्री बन्ने

फाइल तस्विर
फाइल तस्विर

चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज (शुक्रबार) सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै छ।

अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेरकाे बनेर चाैतर्फी विराेध भएपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए। त्यसै दिन संसदले उनीमाथि छानबिनका लागि ११ सदस्यीय छनबिन विशेष समिति बनाएकाे थियाे। साेही समितिले १७ दिन लगाएर छानबिन गरेकाे प्रतिवेदन आज बुझाउँदै छ।

लामाे कसरतपछि बिहीबार साँझ बसेकाे समितिकाे बैठकले प्रतिवेदन तयार गरेकाे थियाे। प्रतिवेदन तयार गरेर बाहिँरिदै गर्दा समितिका सदस्यहरूले छानबिनमा कुनै पनि प्रमाण नभेटिएकाे बताए। समिति संयोजक लक्ष्मणलाल कर्णकाअनुसार समितिले छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर प्रतिवेदन बुझाउँदै छ।

शर्माले बजेट निर्माणमा कुनै अनधिकृत व्यक्ति मन्त्रालय लगेको र बजेट निर्माण, करको दर हेरफेर गरेको कुनै प्रमाण फेला नपारेपछि प्रतिवेदन नै ‘प्रमाण भेटिएन’ लेखेको छ। तर, त्यही कुरामा एमाले सांसदले असन्तुष्टि जनाएका छन्।

समितिले प्रतिवेदन बुझाएर प्रक्रियाअनुसार निर्देष ठहरिए शर्मा पुन: अर्थमन्त्री बन्ने माओवादी नेताहरूले बताएका छन्। त्यसाे त अर्थमन्त्री शर्माले पनि पदबाट राजीनामा दिँदै गर्दा आफूले गल्ती नगरेकाेले छानबिनपछि पुन: मन्त्री बन्ने बताएका थिए। जसकारण प्रधानमन्त्री शेरबहादुर देउवाले याे अवधिभर अर्थमन्त्री नियुक्तिबारे कुनै चासाे देखाएनन्।

गल्ती नै नगरेकाे भेटिएमा छानबिन प्रक्रिया सकिएपछि शर्मा पुन: मन्त्री बन्ने माओवादी नेताहरूले बताएका छन्।

‘हिजाे समितिले छानबिन सकेकाे छ, त्यसमा कुनै प्रमाण नभेटिएकाे भन्ने कुरा सुन्नमा आएकाे छ,’ एक माओवादी नेताले बिएल नेपाली सेवासँग  भने,‘अब प्रतिवेदन सभामुखकाेमा पुग्छ, यदि उहाँ (जनार्दन शर्मा)ले गल्ती नगरेकाे पाइएमा त उहाँ फरि मन्त्री बन्नुहुन्छ।’

प्रमाण नै नभेटिएर निर्दाेष ठहरिए शर्मालाई फेरि अर्थमन्त्री बनाउनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक रहेकाे ती नेताले बताए।

प्रकाशित मिति: : 2022-07-29 09:18:00

प्रतिकृया दिनुहोस्