पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन प्रतिवेदन तयार, भोलि सभामुखलाई बुझाउँदै

फाइल तस्विर
फाइल तस्विर

पूर्व अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ।

बिहीबार साँझसम्म समितिको अन्तिम बैठकले छानबिन प्रतिवेदन टुङ्गो लगाएको समितिका सदस्य-सचिव सुरेन्द्र अर्यालले बताए। समितिको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सदस्य-सचिव अर्यालले भने,‘संसदीय विशेष छानबिन समितिको अन्तिम बैठक आज बसेको छ। दिनभर छलफल गरेर प्रतिवेदन तयार भएको छ।’

असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवधि पाएको थियो। तर, तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेको थियो।

सिंहदरबारमा बसेको सो समितिको अन्तिम बैठकले प्रतिवेदन तयार पारेको हो। समितिले भोलि प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्ने छ।

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै विरोध भएपछि प्रतिनिधि सभाले विशेष छानबिन समिति गठन गरेको थियो। समिति गठनसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2022-07-28 20:48:00

प्रतिकृया दिनुहोस्