पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन्।
जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन्।
भट्टराईले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए।
जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए।