काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ।
ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।
पक्राउ पर्ने सबै पुरुष हुन्। कल सेन्टरबाट प्रहरीले ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ।
साउन ९ मा काठमाडौं प्रहरीले तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर १ जना चिनियाँसहित ३६ जना लाई पक्राउ गरेको थियो।
सर्वसाधारणका लागी टेलिफोन बुथ र साइबर क्याफे सञ्चालन गर्ने भनेर दर्ता गरिएको सो कम्पनीले विभिन्न एप्स मार्फत भारतमा ऋण दिएर मिटरब्याज असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए।