जसको नाम सलमान खानसँग जोडियो

बलिउडका चर्चित अभिनेता हुन्, सलमान खान। जो इन्डस्ट्रीमा राज गर्छन्। उनले धेरै सुपरहिट फिल्म खेलेका छन्। त्यसैले पनि बलिउडमा उनको चर्चा चलिरहन्छ। फिल्ममा मात्र नभई उनको चर्चा अभिनेत्रीहरुमा पनि उत्तिकै छ। उनीसँग धेरै अभिनेत्रीहरुको नाम जोडिएको छ। तर त्यो सम्बन्ध प्रेममा मात्र सिमित रह्यो। जसका कारण झण्डै ६ दशक कटेका उनी अझै अविवाहित छन्। उनको सम्बन्ध ‘मिस वल्ड’ देखि मोडलसँग रह्यो। 

शाहीन जाफरी

सलमान खानलाई १९ वर्षको उमेरमा प्रेम भएको थियो। उनको पहिलो प्रेमिका थिइन्, शाहीन जाफरी। उनी पेशाले एक एक मोडल थिइन्। त्यो समय सलमान जाफरीसँग यति प्रेम गथे कि उनको प्रतिक्षामा कलेजको गेटमा बसिरहन्थे। उनीहरुको विवाह हुनेवाला थियो तर यो सम्बन्ध अगाडि बढ्न सकेन।  

संगीता बिजलानी

सलमानको दोस्रो अफेयर मिस इंडियाकी ताज जित्नेवाली संगीता बिजलानीसँग भयो। उनीहरुका पनि विवाह हुने कुरा थियो तर विवाह टुट्यो। संगीताको उमेर सलमानको भन्दा ठूलो थियो। त्योबेला संगीताको अफेयर धेरैसँग रहेको कुरा पनि चर्चामा थियो। जसकारण उनीहरुको विवाह हुन सकेन। 

 सोमी अली

सलमानका तेस्रो प्रेमिका थिइन्, सोमी अली। एक इन्टरव्यूमा सोमीले बताएकी थिइन् कि सलमानको फिल्म  ‘मैंने प्यार किया’ हेरेर उनीसँग प्रेम भएको थियो। त्यही फिल्म हेरेपछि पमकिस्तानकी उनी इन्डिया आएकी थिइन्। १६ वर्षमा भारत आएकी उनी मोडलिङ गर्न थालिन्। उनीहरु एकअर्कासँग ८ वर्ष प्रेम सम्बन्धमा बसे। सलमान पनि उनीसँग प्रेम गथे। तर सलमानको रिसाउने बानीका कारण उनीहरुको सम्बन्ध टुट्यो। 

ऐश्वर्या राय

सलमान खानको चोथो प्रेमिका हुन्, ऐश्वर्या राय। सन्जय लिला भन्सालीको १९११ फिल्म आएको फिल्म ‘हम दिल दे चुके सनम’ मा उनीहरुबीच प्रेम भएको थियो। ऐश्वर्यासँगको सम्बन्धले निकै चर्चा पाएको थियो। तर २००२ मा उनीहरुको सम्बन्ध टुट्यो। 

 कैटरीना कैफ

ऐश्वर्यापछि उनको चर्चा कैटरीना कैफसँग चल्यो। उनीहरु प्रेम सम्बन्धमा पनि रहे एकै फिल्म पनि खेले। तर विस्तारै उनीहरुबीचको सम्बन्ध बिग्रदै गयो जसकारण २०१० मा उनीहरुको सम्बन्घ टुट्यो। 

जरीन खान

उनको नाम अभिनेत्री जरीन खानसँग पनि रह्यो। सलमानले नै जरीनलाई फिल्मी क्षेत्रमा ल्याएका थिए। मिडियामा उनीहरुको नाम चलेता पनि उनीहरुको सम्बन्धले नाम पाएन। 

 क्लॉडिया सिएस्ला

सलमानका सातौँ अफेयर जर्मनीकी  क्लॉडिया सिएस्लासँग भयो। रिर्पोट कि अनुसार उनीहरुले एकअर्कासँग डेट गरेका थिए। तर थोरै समयपछि उनीहरुको सम्बन्छ टुट्यो। 

एमी जैक्सन

एमी जैक्सन सलमानको आठौँ प्रेमिका हुन्। एमी पेशाले एक मोडल हुन्।  एमी जैक्सनले सलमान खानको  प्रोडक्शन हाउसमा बनेको फिल्ममा काम गरेकी छिन्। तर उनीहरुको सम्बन्ध टुट्नुमा समय लागेन। 

डेन्जी शाह

फिल्म ‘जय हो’ फिल्मकी अभिनेत्री डेन्जी शाहसँग पनि सलमानको नाम जोडिएको छ। एकसाथ फिल्म खेलेर चर्चा कमाएका उनीहरुबीच सम्बन्ध पनि धेरै टिक्न सकेन।

यूलिया वन्तूर

सलमान का दसौँ प्रेमिका हुन्, यूलिया वन्तूर। मोडल यूलियासँग चर्चामा रहेका सलमानले उनीसँगको प्रेम केही बताएका थिएनन्। 

प्रकाशित मिति: : 2022-07-26 13:15:00

प्रतिकृया दिनुहोस्