नागरिकता विधेयकमाथि विचार गरियाेस् भन्‍ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहने सदस्यहरूले राष्ट्रियसभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सकिने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए।

राष्ट्रियसभाको अर्को बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: : 2022-07-25 13:29:00

प्रतिकृया दिनुहोस्