राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिलविकास राजभण्डारी र सह-महामन्त्री  पदमा दमन बस्नेतलाई मनोनित भएका छन्।

अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह-महामन्त्रीमा मनोनित गरेका हुन्।

अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे।

राजभण्डारी र बस्नेत केही दिनअघि राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका थिए।

आगामी दिनमा आबश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति: : 2022-07-23 12:22:00

प्रतिकृया दिनुहोस्