नेमकिपाको प्रस्ताव : लिखित अन्तवार्तापछि मात्रै नागरिकता

File Photo
File Photo

नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनुअघि अन्तवार्ता लिनुपर्ने प्रस्ताव गरेको छ।

प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका तर्फबाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्तापछि मात्रै जन्मको आधारमा नागरिकता दिनुपर्ने प्रस्ताव गरेका छन्।

‘नेपालमा जन्मेर मात्रै हुदैँन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्षपछि र बेलायतमा ६ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने व्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ।’

जारी बैठकमा सरकारले पेश गरेको नागरिकता विधेयकका बारेमा छलफल जारी छ।

प्रकाशित मिति: : 2022-07-22 14:29:00

प्रतिकृया दिनुहोस्