प्रदेश १ को नामाकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

File Photo
File Photo

प्रदेश १ को नामको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ।

प्रदेशको नामकरणको विषय टुंगो लगाउन बैठक बस्न लागेको हो।

सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दललाई पत्राचार गर्दै सर्वदलीय बैठक आह्वान गरेका हुन्।

नामको विषयमा दलहरूबिच एकमत छैन। भौगोलिक र जातीय पहिचानको विषयमा राजनीतिक दलले आ–आफ्नो अडान राखेका कारण प्रदेश–१ को नामको टुंगो लाग्न सकेको छैन।

नेकपा एमालेले कोशी, कांग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला नाम प्रस्ताव गरेपछि नामको विषय सकसपूर्ण भएको हो।

प्रकाशित मिति: : 2022-07-22 12:57:00

प्रतिकृया दिनुहोस्