प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन (फोटो फिचर)

विभिन्न पहिचानवादी संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।

पहिचानको पक्षमा प्रदेश १ को नामाकरण हुनुपर्ने माग राख्दै आएका पहिचानवादीहरुले बिहीबार विराटनगरमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

गठबन्धनको सरकार बनेपछि नामका विषयमा पुनः चर्चा सुरु भएपनि पछिल्लो पटक नेकपा एमालेले कार्यदल बनाएर नाम टुंग्याउने पहलकदमी लिएपछि भने नामको विषय पेचिलो बनेको हो।

नेकपा एमालेले अनौपचारिक रुपमा कोशी, कांग्रेसले सप्तकोशी, माओवादीले किरात नाम प्रस्ताव गरेपछि नामको विषय सकसपूर्ण भएको हो।

कांग्रेस र एमाले पहिचान बाहेकको नाममा सहमत भएपनि कसले जस लिने भन्ने विषयले गर्दा दुईवटा पार्टी सहमत नभएपछि नाम आउने सम्भावना कम भएको हो।

प्रकाशित मिति: : 2022-07-21 14:40:00

प्रतिकृया दिनुहोस्