एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा भएका समस्या नोट गरेर समाधानको बाटोमा लाग्न निर्देशन दिएका छन्।
काठमाडौंमा बुधबार केन्द्रीय पार्टी स्कूल विभागले गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पालिकामा भएका समस्यालाई नोट गरेर प्राथमिकताका आधारमा समस्या समाधान गर्न निर्देशन दिएका हुन्।
शिक्षा, स्वास्थ्य, खानेपानीदेखि पौष्टिक आहारको व्यवस्थालाई ध्यान दिन निर्देशन दिँदै उनले सिँचाइललगायतका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न निर्देशन दिए।
केन्द्र सरकारसँँग पहुँच बढाउन पनि आग्रह गरेका अध्यक्ष नेपालले आफ्नो पालिकाको विकास र समृद्धिका लागि योजनावद्ध ढंगले अघि बढ्न निर्देशन दिए।