मोदीसँग किन भेट भएन मलाई थाहा भएन : प्रचण्ड

file photo
file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताएका छन्।

भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उनको भनाइ छ।

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका उनले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको बताए। 

उनले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन्।

भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उनले भारतमा आफ्नो न्यानो स्वागत भएको बताए। 

प्रकाशित मिति: : 2022-07-17 19:53:00

प्रतिकृया दिनुहोस्