भाजपा मुख्यालयमा नाड्डा र प्रचण्डबीच भेटवार्ता

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका (भाजपा) अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता भएको छ। 

भाजपाको मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो। 

सो अवसरमा भारतीय विदेशीमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासमेत सहभागी छन्। भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्ड तीन दिने भारत भ्रमणमा गएका हुन्।प्रचण्डसँग शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोहीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका थिए। प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच सम्भवतः आजै भेटवार्ता हुने बताइए पनि भेट्ने नभेट्ने निश्चित छैन। प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: : 2022-07-17 12:50:00

प्रतिकृया दिनुहोस्