बजेटबारे देखिएको असन्तुष्टिप्रति मुख्यमन्त्रीको स्पष्टीकरण

file photo
file photo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिष्ठानका नाममा भएका बजेट विनियोजनका सम्बन्धमा देखिएको असन्तुष्टि सम्बन्धमा आज आफ्ना धारणा व्यक्त गरेका छन्।

गण्डकी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर उनले देखिएका असन्तुष्टि सम्बन्धबारे स्पष्ट पारेका हुन्।

गोवद्र्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट भवन निर्माण, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण र अमृत जोशी स्मृति पार्कमा छुट्याएको बजेट प्राथमिकताका क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको मुख्यमन्त्री पोखरेलले सभामा जानकारी गराए।

गोवद्र्धन शर्मा मेमोरियल ट्रष्ट लगायतका प्रतिष्ठान, ट्रष्टका विषयलाई लिएर समाजमा, सामाजिक सञ्जाल, मिडिया र प्रतिपक्षले राखेको चासोबारे स्पष्ट पार्नका लागि सभामा समय मागेको उनले बताए। 

देशमा परिवर्तनका लागि धेरै व्यक्तित्वले योगदान गर्नुभएको उल्लेख गर्दै उनले ती व्यक्तिलाई राष्ट्रले, प्रदेशले सम्झने कि नसम्झने ? प्रश्न गरे।

'आज विपी कोइरालालाई छाडौँ, उहाँ प्रधानमन्त्री हुनुभयो, पुष्पलाल जी केही हुनुभाथ्यो ? थिएन। गणेशमानजी सरकारी पदमा जानुभयो, जानुभएन। यस्ता धेरै व्यक्तित्व हुनुहुन्छ, जसलाई हामीले सम्मान गरेका छौँ, गर्नुपर्छ र केन्द्रीय सरकारले गरिआएको पनि छ', मुख्यमन्त्री पोखरेलले भने।
 

प्रकाशित मिति: : 2022-07-12 21:06:00

प्रतिकृया दिनुहोस्