सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

File photo
File photo

बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ।

मङगलबार बाेलाइएकाे बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएकाे हाे। 

उक्त बैठक चलाउनका लागि १४ जना सांसदको सहभागिता हुनुपर्नेमा १३ जना मात्र भएकाे कारण बैठक राेकिएकाे प्रदेशसभा सचिवालयकाले जनाएकाे छ। 

बजेट संशोधन नभए बैठक चल्न नदिने अडानकै कारण हालसम्म बैठक स्थगित हुँदै आएकाे छ।

प्रकाशित मिति: : 2022-07-12 12:39:00

प्रतिकृया दिनुहोस्