बिएल संवाददाता
भारतकाे नागाल्याण्ड राज्यका ४१ वर्षीय युवामन्त्री टेम्जेन इम्ना अलंग हप्ता दिनयता सामाजिक सञ्जालमा भाइरल छन्।
भारतीय जनता पार्टीका नेता तथा राज्यका उच्च शिक्षा–जनजाति मामिला मन्त्री उनी ‘साना आँखा’काे चर्चा र ‘अविवाहित’ भएका कारण चर्चित बनेका हुन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री टेम्जेनका अनेकौं भिडियो बाँडिरहेका छन्। समर्थकहरू रमाइलो किस्सा सुनाउँदै ‘सानो आँखा’काे फाइदा र विवाहका लागि दुलही पनि खोजिरहेका छन्।
विश्व जनसंख्या दिवसको सन्दर्भ पारेर मन्त्री टेम्जेनले एउटा अर्काे रमाइलो ट्वीट गरेका छन्। उनले समर्थकहरूलाई आफू जस्तै अविवाहित रहन अपील गरेका छन्।
‘जनसंख्या बृद्धिको विषयमा सचेत बनौं। सन्तान जन्माउने विषयमा पनि सचेत रहौं,’ मन्त्री टेम्जेन थप्छन्, ‘आउनुहोस्, आजै एकल आन्दोलनमा सामेल होऔं।’ मिडिया–हेडलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताकाे मजाकसँगै रमारहेका छन्, उनी।
यसअघि मन्त्री टेम्जेनकाे ‘साना आँखा’ हुनुका फाइदाबारे चर्चा गरिरहेकाे एउटा भिडियाे भाइरल छ। ‘मेरा आँखा साना छन्। तर राम्ररी देख्न सक्छु,’ उनी भन्छन्।
बीजेपी कार्यकर्ताले त्याे भिडियो सञ्जालमा फैलाएपछि जताततै ‘हेडलाइन’ बन्न थाल्छन्। ‘साना आँखा हुनुका धेरै फाइदा छन्। पहिलो फाइदा भनेको फोहोर कम पस्छ। अनि स्टेजमा लामो कार्यक्रम हुँदा केही बेर सुत्छौं। कसैलाई पत्ताे हुँदैन– सुतेका हुन्छौं कि जागा हुन्छौं,’ उनी रमाइलो टिप्स दिन्छन्।
४१ वर्षीय टेम्जेन भारतीय जनता पार्टीको नागाल्याण्ड प्रदेश अध्यक्ष पनि हुन्। उनी सन् २०१८ को विधानसभा चुनावमा अलंग टाकी क्षेत्रबाट निर्वाचित भएका हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया