दर्जनौँ मन्त्रीको राजीनामापछि बोरिस जोनसनले बिहीबार कन्जरभेटिभ पार्टीको प्रमुखबाट राजीनामा दिएका छन् र यसले बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि बाटो खोलेको छ ।
नतिजा ब्रेक्जिट अर्थात् युरोपेली संघबाट अलग्गिएपछि थेरेसा मेझैँ बोरिस जोनसनले पनि आफ्नो कार्यकाल पूरा गर्न सकेनन् । सन् २०१६ मा ब्रेक्जिटपछि बेलायतले घरेलु राजनीति र विश्व राजनीतिमा भएका घटनाक्रमका कारण बारम्बार आफ्नो राजनीतिक नेतृत्व परिवर्तन गर्दै आएको छ । यी घटनाक्रमले अमेरिकालगायत पश्चिमी राष्ट्रमा आर्थिक विकासमा देखिएको संरचनागत द्वन्द्व र त्यहाँ व्याप्त सामाजिक शासकीय संकटलाई झल्काउँछ ।
जोनसनको राजीनामा स्वाभाविक थियो र यो ढिलोचाँडो आउनु नै थियो । जोनसनसँग पूर्वप्रधानमन्त्री मेको तुलनामा बेलायती राजनीतिका लागि हुनुपर्ने कर्तव्य एवं जिम्मेवारीको वास्तविक बोध थिएन र उनीसँग संकटमा घटनाक्रमलाई परिवर्तन गर्ने राजनीतिक विवेकको कमी पनि देखियो ।
जोनसन सरकारको समयमा अवसरवादले राजनीतिक जीवनको गम्भीरतालाई पूर्ण रूपमा प्रतिस्थापन गरेको छ र विदेशमा बेलायतको प्रतिष्ठालाई उल्लेखनीय रूपमा क्षति पुर्याएको छ । उनको ‘पार्टिगेट’ प्रकरण (कोभिड– १९ महामारीका वेला भेलालगायत राजनीतिक कार्यक्रम)ले आमजनताको नजरमा सरकारको छवि बिगार्यो ।