संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन योगेश भट्टराईकाे माग

File Photo
File Photo

नेकपा एमालेका सचिव योगेश भट्टराईले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन्।

सरकारले उक्त विधेयक राष्ट्रियसभामा पेश गरेपछि उनले यस्तो माग राखेका हुन्।

‘संविधानको अक्षर र भावनाविपरीत सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषदसम्बन्धी विधेयकको विरोध . गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

उनले सरकारलाई संविधान अनुकुल चल्न पनि आग्रह गरेका छन्।

‘सत्तामा बस्नेहरुले आफ्नो अनुकूल संविधान भत्काउने होइन बरु संविधान अनुकुल चल्ने र संपिधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराईले भनेका छन्।

प्रकाशित मिति: : 2022-07-11 12:20:00

प्रतिकृया दिनुहोस्