सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

File Photo
File Photo

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गएका छन्।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका थिए।

आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरे।

प्रकाशित मिति: : 2022-07-11 12:10:00

प्रतिकृया दिनुहोस्