चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

File Photo
File Photo

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विदेश विभाग प्रमुख लिउ चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन्। उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2022-07-10 18:32:00

प्रतिकृया दिनुहोस्