माओवादी पोलिटब्यूरोमा श्रीमान–श्रीमती 

नेकपा (माओवादी केन्द्र) ले  १५६ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।  

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहिबार भएको केन्द्रीय समिति बैठकले पोलिटब्यूरो गठन गरेको हो। 

यसरी पोलिटब्यूरो गठन गर्दा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र उनकी श्रीमती वलावती शर्मा समेटिएका छन्। 

बागलुङ प्रतिनिधिसभा क्षेत्र २ बाट निर्वाचित पौडेल तत्कालिन माओवादीका पूर्व स्थायी कमिटी सदस्य हुन् भने वलावती शर्मा पूर्व केन्द्रिय सदस्य तथा समानुपातिक सांसद हुन्। 

प्रकाशित मिति: : 2022-07-07 21:07:00

प्रतिकृया दिनुहोस्