प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्न लागेका हुन्।
राष्ट्रपति कार्यालयले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं लिने बताएका हुन्।